दफा १५
दण्ड सजाय

(१) दफा ९ उल्लघंन गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो विषादी समेत जफत हुनेछ ।
(२) दफा ११ विपरीत आयात वा निर्यात गर्ने, उत्पादन गर्ने वा दफा १२ उल्लङ्घन गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ र दफा ११ विपरीत प्रयोग वा किनबेच गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ । त्यस्तो विषादी समेत जफत गरिनेछ ।
(३) माथि उपदफा (१) र (२) मा लेखिए देखि बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावलीको विपरीत कुनै काम कारबाही गर्ने गराउने व्यक्तिलाई एकहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।